प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता गरिँदै छ। जसमा नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यकाे नाम राखिनेछ।
प्रचण्ड-नेपाल समूहले आइतबार सुरुमै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेका हुन्।
‘आज फस्टआवरमै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता हुन्छ,’ प्रचण्ड-नेपाल समूहका एक नेताले नेपालखबरसँग भने, ‘भीम आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिने छ।’
यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए।
अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाल समूहका ४४ सभासदकाे समर्थन छ। प्रस्ताव पारित गराउन भने ४७ मत आवश्यक पर्छ।
याे पनि : मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

प्रतिक्रिया