राजनीति


सरकार ढाल्न खोजेको भन्दै प्रदेश १ का मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्री आङ्बोलाई गरे बर्खास्त

सरकार ढाल्न खोजेको भन्दै प्रदेश १ का मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्री आङ्बोलाई गरे बर्खास्त

नेपालखबर
पुस ११, २०७७ शनिबार १३:२३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा देखापर्दै जान थालेको छ।

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए। मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।

प्रदेश १ मा पूर्व माओवादीबाट मन्त्री आङ्बो र विजय विश्वास पर्यटन राज्य मन्त्री रहेका थिए। त्यस्तै अध्यक्ष माधककुमार नेपालनिकट रहेका जीवन घिमिरे सामाजिक विकास मन्त्री रहेका छन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवादकैबीच प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। केन्द्रमा पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए। शुक्रबार प्रधानमन्त्री ओलीले उक्त रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरेका थिए। 

याे पनि : बागमती प्रदेशः कांग्रेसको साथबिना अविश्वास प्रस्ताव पारित नहुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad