राजनीति


चिसो सडकमा बसेका प्रचण्ड- नेपाललाई कमल थापाको व्यंग्य

चिसो सडकमा बसेका प्रचण्ड- नेपाललाई कमल थापाको व्यंग्य

नेपालखबर
पुस ११, २०७७ शनिबार २:५७,

विघटित संसद पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा उत्रिएका नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै राप्रपाका अध्यक्ष कमल थापाले व्यंग्यात्मक टिप्पणी गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत् थापाले न्यायालयमा राजनीतिकरण भएको सन्दर्भ उल्लेख प्रचण्ड र नेपालाई व्यंग्य गरेका हुन्।

‘२०६३ सालपछि कांग्रेस कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैँलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला।’

 

थापाले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिएको विषयमा पनि टिप्पणी गरेका छन्। उनले विगतमा राप्रपा विभाजनको घटनासँग जोडेर प्रचण्डको आलोचनासमेत गरेका छन्।

‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु,’ विगत कोट्याउँदै उनले ट्विटरमा लेखेका छन्, ‘तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad