जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा देखापरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नयाँ मन्त्री नियुक्ति तथा मन्त्रीको जिम्मेवारी हेरफेर गरेलगत्तै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।
साथै उनले संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य दल टुलुटुलु हेरेर बस्नु मूर्खता भएको बताएका छन्।
‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने ! यो कहाँको विधि र परम्परा हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ?!
याे पनि : प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)

प्रतिक्रिया