राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध मसालले गर्‍याे आन्दोलन घोषणा, राजावादीसँग सहकार्य नगर्ने

प्रतिनिधि सभा विघटनविरुद्ध मसालले गर्‍याे आन्दोलन घोषणा, राजावादीसँग सहकार्य नगर्ने

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १४:१,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी संघर्षका कार्यक्रमको घोषणा गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको महामन्त्री मोहनविक्रम सिंहले जनाएका छन्।

यही पुस १९ गतेसम्म पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुले विभिन्न स्तरका बैठकहरु गरेर संघर्षको लागि आवश्यक तयारी गर्न प्रयत्न गर्ने र पुस २० गते सबै जिल्लामा जिल्लास्तरीय संघर्षका कार्यक्रमको आयोजना गरिने छ भने जिल्लास्तर र जनवर्गीय संगठनहरुकाे पहलकदमीमा पनि कार्यक्रमहरु हुने मसालले जनाएकाे छ।

मसालले अन्य पक्षसँग पनि मिलेर कार्यक्रममा जान सकिने तर राजावादीहरुसँग भने सहकार्य नहुने स्पष्ट पारेको छ।

संघर्षको कार्यक्रमको सिलसिलामा मुख्य माग विघटित संसदको पुनर्थापना नै हुने तर त्यसका साथसाथै पार्टीले पहिलेदेखि उठाउँदै आएका गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टचारको विरुद्ध संघर्षको नारालाई पनि अगाडि बढाउँदै लैजाने मसालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad