प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र सोही स्थानका १९ वर्षीय को सुवास मिजारल रहेका छन्। उनीहरुलाई चोरीको बा८१प ५२७५ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
उक्त मोटरसाइकल काठमाडौँको कपनबाट हटाएको भनी अभिषेक ढकालले हुलियासहितको निवेदन २०७४ असोज ९ गते महाशाखामा दिएका थिए।
मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया