ad ad

राजनीति


खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालखबर
पुस ९, २०७७ बिहिबार ५:५२,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।

अध्यक्ष प्रचण्डलाई भेट्नका लागि राजदूत यान्छी बिहीबार बिहान साढे ९ बजे प्रचण्डनिवास खुमलटार पुगेकी थिइन्।

उनीहरुबीच झण्डै आधा घण्टा कुराकानी भएको खुमलटार स्रोतले भन्यो।

‘अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार आउनुभएको थियो, उहाँहरुबीच झण्डै आधा घण्टा कुराकानी भयो’, स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिनिधिसभाको विघटन र नेकपा आएको फुटपछि राजदूत यान्छीले पहिलोपटक प्रचडसँग भेट गरेकी हुन्। यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .