स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सय रुपैयाँले उकालो लागेको छ।
प्रतितोला नौ सय रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ।
बुधबार भने प्रतितोला एक हजार २ सय ६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।
प्रतिक्रिया