ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सर्‍यो

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति  बैठक दिउँसो १ बजेका लागि सर्‍यो

नेपालखबर
पुस ९, २०७७ बिहिबार ५:३१,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ।

बिहान ११ बजे बोलाइएको बैठक केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै १ बजेका लागि सारिएको हो।

सो समूहको आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको संवैधानिक ‘कू’का विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरूले बताएका छन्।

सो समूहको महासचिवका लागि नेताहरू नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेको छ।

याे पनि :  आज पनि एकैदिन दुवै पक्षका ‘नेकपा केन्द्रीय कमिटी बैठक’, यस्ता छन् आआफ्ना तयारी

त्यस्तै प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेको छ।

ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घोषणा गर्ने जानकारी दिए।

याे पनि : वरिष्ठ उपाध्यक्ष नपाएपछि थापा आफ्नो टिम प्रचण्ड-नेपाल छाडेर ओलीतिर

प्रचण्ड-माधव पक्षले आज नेकपाकाे महासचिव चयन गर्ने, सम्भावनाको सूचीमा ६ नेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .