ad ad

राजनीति


आज पनि एकैदिन दुवै पक्षका ‘नेकपा केन्द्रीय कमिटी बैठक’, यस्ता छन् आआफ्ना तयारी

आज पनि एकैदिन दुवै पक्षका ‘नेकपा केन्द्रीय कमिटी बैठक’, यस्ता छन् आआफ्ना तयारी

नेपालखबर
पुस ९, २०७७ बिहिबार ३:४८,

संसद् विघटनपछि पहिलोपटक मंगलबार अलग-अलग ‘केन्द्रीय कमिटी बैठक’ राखेका ओली र प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पनि एकैदिन ती बैठकलाई निरन्तरता दिने भएका छन्।

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे बबरमहलमा र प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राख्ने भएका हुन्।

यस्ता छन् आआफ्ना तयारी
ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घाेषणा गर्ने जानकारी दिए। 

बिहीबार बिहान नेपालखबरसँग उनले भने, ‘आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीज्यूले चुनावी अभियान लिएर तल्लो तहसम्म खटिन नेताहरूलाई निर्देशन दिनुहुनेछ।’

उता प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले भने आजको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम लिएर तल्लो तहसम्म जाने निर्णय गर्ने बताएका छन्।

‘संसद् विघटनविरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी छ,’ केन्द्रीय सदस्य गैरेले बिहीबार बिहान नेपालखबरसँग भने।

याे पनि : 

वरिष्ठ उपाध्यक्ष नपाएपछि थापा आफ्नो टिम प्रचण्ड-नेपाल छाडेर ओलीतिर

आफूनिकट नेताहरुसँग वामदेवको भनाइ: सर्वोच्चको फैसला नआएसम्म कुनै पक्षमा लाग्दिनँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .