ad ad

राजनीति


बबरमहलमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु, ओलीलाई कारबाही गर्ने

बबरमहलमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु, ओलीलाई कारबाही गर्ने

नेपालखबर
पुस ७, २०७७ मंगलबार ८:२३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ।

बबरमहलको कार्की पार्टी प्यालेसमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आनुशासनको कारबाही गर्ने जनाएको छ।

यसअघि बिहान प्रधानमन्त्री ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसको थियो।

ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउँदै आगमी मंसिर २ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

यस्तै पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीलाई दिने पनि ओली समूहले निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .