राजनीति


मोदीसहित क्वाडमा आवद्ध मुलुकका प्रधानमन्त्रीलाई ट्रम्पले दिए ‘लिजन अफ मेरिट’ अवार्ड

मोदीसहित क्वाडमा आवद्ध मुलुकका प्रधानमन्त्रीलाई ट्रम्पले दिए ‘लिजन अफ मेरिट’ अवार्ड

नेपालखबर
पुस ७, २०७७ मंगलबार ६:१०,

अमेरिका र भारतबीच रणनीतिक साझेदारी मजबुत गरेकोमा र वैश्विक शक्तिको रुपमा भारतलाई उदय गराएको भन्दै ट्रम्पले मोदीलाई यस अवार्ड प्रदान गरेका हुन्।

समाचार एजेन्सी पीटीआइका अनुसार अमेरिकाका लागि भारतीय राजदूत तरनजीत सिंह संघुले मोदीको तर्फबाट सम्मान ग्रहण गरेका छन्।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओ’ब्रायनले ट्रम्पको तर्फबाट यस सम्मान सिंहलाई मोदीको लागि प्रदान गरेका थिए।

ट्रम्पले आगामी जनवरी २० मा ह्वाइट हाउस छाड्दैछन्। चुनावमा पराजित भएपछि राष्ट्रपति पद छाड्नेबेला ट्रम्पले मोदीलाई सम्मान गरेका हुन्।

नरेन्द्र मोदी भारतका एकमात्र यस्ता प्रधानमन्त्री हुन् जसले यस उच्चस्तरीय सम्मान अमेरिकाबाट प्राप्त गरे।

ट्रम्पले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई पनि यही अवार्ड दिएको बताइएको छ।

अमेरिकासहित क्वाड समूहमा आवद्ध भारत, अस्ट्रेलिया र जापानले पछिल्लो समय चीनको विरोध जनाउँदै आएको छ।

यसबीचमा यी देशका प्रधानमन्त्रीहरुलाई ट्रम्पले लिजन अफ मेरिट प्रदान गरेको हो।

क्वाड समूहलाई चीनले आफूविरुद्धको मोर्चाको रुपमा हेर्ने गरेको छ। यी देशहरुले दक्षिण चीन सागरमा चीनको दाबीलाई अवैधानिक भन्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad