राजनीति


हरिबोलले प्रचण्डलाई भने : तपाईंसँगै छु, १ बजेको बैठकमा आउँछु

हरिबोलले प्रचण्डलाई भने : तपाईंसँगै छु, १ बजेको बैठकमा आउँछु

नेपालखबर
पुस ७, २०७७ मंगलबार ५:४६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफू कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पक्षमा भएको बताएका छन्।

मंगलबार बिहान आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष प्रचण्डसँग उनले आफू दायाँबायाँ नभएको बताएका हुन्। नेता गजुरेल ओली पक्षतिर लागिरहेको चर्चा चलिरहेका बेला मंगलबार बिहान अध्यष प्रचण्ड गजुरेललाई भेट्न उनकै निवास पुगेका थिए।

उनले आफू पार्टी नफुटोस् र सरकार पनि ५ वर्ष नै चलोस भन्ने पक्षमा रहेको बताउँदै बालुवाटार र खुमलटारले आफूबारे गलत हल्ला चलाएको भन्दै प्रचण्डसँग गुनासो समेत गरेका थिए।

उनले प्रचण्ड निकट नेताहरुले आफूलाई मन्त्री खान गयो भनेर हल्ला चलाएको र बालुवाटारबाट पनि यता आइसक्यो भनेर हल्ला चलाएको भन्दै प्रचण्डसँग गुनासो गरेका हुन्।

‘म पार्टी एकताको पक्षमा उभिँदै आएको थिए, फुट्ने हकमा तपाईंसँगै हुन्छु भनेर मैले अध्यक्ष प्रचण्डलाई भनेर पठाएको छु’, नेपालखबरसँग कुरा गर्दै नेता गजुरेलले भने।

उनले अध्यक्ष प्रचण्डलाई आजको बैठकमा आउने जानकारी समेत दिएको बताए।

मैले बैठकमै आउँछु भनेर भनिसकेको छु, म बैठकमा जान्छु’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad