राजनीति


टोपबहादुर र मणिले छाडे प्रचण्डको साथ

टोपबहादुर र मणिले छाडे प्रचण्डको साथ

नेपालखबर
पुस ७, २०७७ मंगलबार ५:३१,

नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन्।

‘प्रधानमन्त्रीले बोलाएको केन्द्रीय समिति बैठकमा पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी, मणि थापा पनि सहभागी हुनुहुन्छ’, एक नेताले नेपालखबरसँग भने।

रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए।

प्रचण्डै समूहका लेखराज भट्टले पनि यसअघि नै प्रधानमन्त्री ओलीलाई साथ दिने घोषणा गरेका थिए। उनी यसअघि हिजोको ओलीपक्षीय संसद भेला र आजको केन्द्रीय समिति बैठकमा पनि सहभागी रहेको ती नेताले जनाए।

त्यस्तै ओलीतिर जाने भनेर चर्चा गरिएका पूर्व माओवादी समूहकै नेता हरिबोल गजुरेल भने ओलीपक्षीय बैठकमा सहभागी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad