प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विगठन आफ्नो रुची र छनौटको विषय नभएको बताएका छन्।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री ओलीले मुलुकलाई अकर्मन्यता र संसदलाई केही नेताको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत भएका कारण संसद विद्दठन गरेर नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेको बताए।
उनले आफ्नै दलका केही नेताहरुले सरकारलाई घेराबन्दी गरेर जनताको चहानाअनुसार काम गर्न नदिएको आरोप पनि लगाए।
उनले प्रतिपक्षी र आफ्नै दलका विरोध, अवरोध र असहयोगका बाजजुद पनि सरकारले राम्रा काम गरेको दावी गरे।
निर्वाचन सबैभन्दा उन्नत लोकतान्त्रिक विधि भएका कारण विगतका सवै तीतापीराहरुलाई बिर्सेर निर्वाचनमा सहभागी हुन आग्रह समेत गरेका छन्।
उनले लोकप्रियता र क्षमताको मापन निर्वाचनमा हुने भन्दै आफूलाई केही होइन भन्नेलाई चुनाव जितेर देखाउन चेतावनी समेत दिएका छन्।
‘नेकपा पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रिपता र क्षमताको मापन गर्ने अवसर दिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री बन्न व्यग्र प्रतीक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिनेछ।’
उनले निर्वाचनले प्रतिपक्ष दललाई पनि आफ्ना एजेन्डा जनाताबीच लैजान अवसर दिने बताए।

प्रतिक्रिया