राजनीति


नेकपा केन्द्रीय समितिका समानान्तर बैठक : ओली पक्षको बालुवाटारमा, प्रचण्ड पक्षको बबरमहलमा

नेकपा केन्द्रीय समितिका समानान्तर बैठक : ओली पक्षको बालुवाटारमा, प्रचण्ड पक्षको बबरमहलमा

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:८,

नेकपाका दुई अध्यक्षको नेतृत्वमा रहेका दुवै पक्षले भोली मंगलबार केन्द्रीय समितिका समानान्तर बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका छन्।

त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पक्षले सोहि दिन दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा केन्द्रीय समिति राख्ने भएको छ।
पार्टी कार्यालयमा रहेका ईश्वरी रिजालले ९ बजे बालुवाटारमा बस्ने बैठकबारेको जानकारी सदस्यहरुलाई दिएका थिए भने कार्यालयकै श्रीराम ढकालले सदस्यहरुलाई १ बजे कार्की ब्यांक्वेटमा बस्ने बैठकबारेको जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad