समाज


माइतीघरमा उखु किसानको आन्दोलन जारी

माइतीघरमा उखु किसानको आन्दोलन जारी

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:२३,

चिनी मिलबाट आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन्।

उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

सरकारसँग आज (सोमबार) दिउसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाईदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन्।

चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन्।

उखु किसान संघर्ष समितिका सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाईमा ढुक्क हुन नसक्ने पनि बताए। उनले सरकारले मिति तोकेर भुक्तानी दिलाईदिने जिम्मेवारी र्लि आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad