समाज


कोरोनाको नयाँ रुपको त्रासपपछि भारतसहित धेरै देशले बेलायतसँगको उडानमा प्रतिबन्ध लगायो

कोरोनाको नयाँ रुपको त्रासपपछि भारतसहित धेरै देशले बेलायतसँगको उडानमा प्रतिबन्ध लगायो

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:५,

भारतले आगामी डिसेम्बरसम्मको लागि बेलायतसँगको उडानमा प्रतिबन्ध लगाएको छ भने हङकङले मंगलबारदेखि जनवरी ६ सम्म प्रतिबन्ध लगाएको छ।

नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएपछि प्रतिबन्ध लगाइएको हो।

आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले पनि यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग आफू नजिकको सम्पर्कमा रहेको जनाएको छ।

पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।

यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ।

कोरोना भाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad