नेकपाले सर्वदलीय बैठकपछि मात्रै प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेर सर्वोच्च अदालत जाने भएको छ।
केन्द्रीय सदस्य रामकुमारी झाक्रीका अनुसार बहुमत सांसदको समर्थनसहित सर्वोच्च अदालत जानका लागि कांग्रेस र जनता समाजवादी पार्टीलाई समेत समेट्न लागिएको हो।
त्यसैले गर्दा सर्वदलीय बैठकपछि मात्र जाने तयारी गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आगामी कार्यक्रम तय गर्नको लागि नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन्।
‘संसद पुनस्र्थापना माग गर्दै बहुमत सांसद सर्वोच्च जान्छौं, त्यसका लागि सर्वदलीय बैठक कुर्छौं,’ झाक्रीले भनिन्।
सो भेलाअघि त्यहाँ उपस्थित प्रतिनिधि सभातर्फका ८५ जना सांसदहरुको हस्ताक्षर समेत संकलन गरिएको छ।
प्रतिनिधि सभामा नेकपाका कूल १७४ सांसद रहेका छन्।
यो पनि:
प्रचण्ड–नेपाल पक्षको भेला सुरु हुनुअघि ८५ जना सांसदको हस्ताक्षर संकलन

प्रतिक्रिया