नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन्।
सोमबार मध्यान्ह अध्यक्ष प्रचण्ड पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेको स्रोतले बतायो।
‘अध्यक्ष प्रचण्ड गृहमन्त्री थापासँग छलफलका लागि मन्त्रीनिवास आइपुग्नुभएको छ’, स्रोतले नेपालखबरसँग भन्यो।
पार्टी विवादमा प्रधानमनत्री ओलीको पक्षमा देखिँदै आएका गृहमन्त्री थापा सोमबार बिहान गृहमन्त्री थापा प्रधानमन्त्री बोलाएको भेलामा नगई आफूपक्षीय नेताहरुसँग मन्त्रीनिवासमै छलफल गरेका थिए।
त्यसको केहीबेरमा नै अध्यक्ष प्रचण्ड पुल्चोक पुगेको र अहिले दुई नेताबीच छलफल भइरहेको स्रोतले बतायो।

प्रतिक्रिया