राजनीति


ओलीविरुद्ध अविश्वास र नयाँ प्रधानमन्त्रीमा प्रचण्ड प्रस्ताव हुनासाथ संसद् भंग

ओलीविरुद्ध अविश्वास र नयाँ प्रधानमन्त्रीमा प्रचण्ड प्रस्ताव हुनासाथ संसद् भंग

नेपालखबर
पुस ६, २०७७ सोमबार ०:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउनुअघि नै उनीविरुद्ध संसदमा दर्ता अविश्वास प्रस्तावमा नयाँ प्रधानमन्त्रीका रूपमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको नाम राखिएको थाहा भएको छ।

किनकि संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्दा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ। तसर्थ त्यसमा प्रचण्डको नाम उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न आरोप लगाउँदै प्रस्तावको अन्त्यमा भनिएकाे छ- ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तावित गरेका छौँ।’

९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा प्रचण्डले नै हस्ताक्षर गरेका छन् भने त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन्।

स्राेतका अनुसार याे थाहा पाउनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीकाे सिफारिसबमाेजिम प्रतिनिधिसभा विघटन घाेषणा गरेकी हुन्। 

‘प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुअघि नै नेकपाका ९० जना सांसदहरुले संघीय संसदको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ,’ संसद् सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।

उनका अनुसार आइतबार बिहान साढे १० बजे प्रस्ताव दर्ता भएको थियो। नेकपाका १ सय ७५ जना सांसद छन्।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए। अनि दिउँसाे राष्ट्रपतिले संसद् भंग भएको जानकारी गराउँदै २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेकी थिइन्।

अविश्वास प्रस्तावकाे पहिलाे पृष्ठ यस्ताे छ-

abiswassss

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad