राजनीति


सरकारले गैरसंवैधानिक कदम चाल्यो, राष्ट्रपतिले स्वीकार गर्नुहुँदैनः कांग्रेस नेता पौडेल

सरकारले गैरसंवैधानिक कदम चाल्यो, राष्ट्रपतिले स्वीकार गर्नुहुँदैनः कांग्रेस नेता पौडेल

नेपालखबर
पुस ५, २०७७ आइतबार ५:५५,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको संसद विघटन सिफारिसप्रति कडा टिप्पणी गरेका छन्।

उनले सरकारको कदम संविधानविपरीत भएको भन्दै यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बताएका हुन्।

‘मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पौडेलले भनेका छन्, ‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ।’

साथै उनले अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएकोले राष्ट्रपतिले यसलाई स्वीकार गर्न नहुने र फिर्ता नै गर्नुपर्ने बताएका छन्।

पौडेलले भनेका छन्, ‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भर्त्सना गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad