राजनीति


प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:१६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले संविधान निर्माण गर्दा ५ वर्षसम्म संसद चल्ने प्रावधान राखेको भन्दै प्रधानमन्त्री ओलीको लहडमा गरिएको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। उनले यसको संवैधानिक व्याख्या समेत हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad