राजनीति


संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

नेपालखबर
पुस ५, २०७७ आइतबार ५:५२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले नेपालखबरसँग भने।

उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको र आफूहरु खुमलटार फर्किँदै गरेको जनाकारी दिए।

‘प्रधानमन्त्रीले अध्यक्षज्यूसँग भेट्न मान्नुभएन, हामी खुमलटार फर्कंदै छौँ’, सापकोटाले भने।

उनले यस विषयमा अध्यक्ष प्रचण्ड थप छलफलमा रहेको र केही समयमा नै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad