प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
बिहान ९ बजे जानकारी गराएर पौने १० बजेका लागि उनले बालुवाटारमा बैठक राखेका हुन्।
‘बिहान ९ बजे म्यासेज गरेर पौने १० बजेका लागि बैठक बोलाइएको थियो,’ एक मन्त्रीका सचिवालय सदस्यले भने, ‘केही मन्त्रीहरु अहिले भर्खर सिंहदरबारबाट निस्कनुभएको छ।’
पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकको एजेन्डा खुलाइएको छैन।

प्रतिक्रिया