राजनीति


सिडेनको अध्यक्षमा उमेश थानी निर्वाचित, १३३ मतले ध्रुव थापा पराजित

सिडेनको अध्यक्षमा उमेश थानी निर्वाचित, १३३ मतले ध्रुव थापा पराजित

नेपालखबर
पुस ५, २०७७ आइतबार ३:५७,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा उमेश थानी निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिका लागि शनिबार काठमाडौंमा सम्पन्न चुनावमा प्रतिस्पर्धी ध्रुव थापालाई १३३ मतले हराउँदै थानी विजयी भएका हुन्। थानीले १०४२ मत प्राप्त गरे भने थापाले ९०९ मत पाएका छन्। 

सिडेनको छैटौं कार्य समितिका लागि भएको मतदानमा थानीको प्यानललाई पार्टी सभापति शेरबाहदुर देउवाको तथा थापाको समूहलाई राम्रचन्द्र पौडेलको साथ थियो।

१८ सदस्यीय कार्यसमितिका लागि भएको प्रतिस्पर्धामा २ जनाबाहेक सबै थापा प्यानलबाट विजयी भएका छन्। थापाको प्यानलबाट उपाध्यक्षमा मन्दीप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल विजयी भएका हुन्।

सदस्यमा सौगात रेग्मी, प्रवेश अधिकारी, निरज बराल, सुजित कोइराला, मानबेन्दै निधि, पुरुषेत्तम शर्मा, पुनम पाल, नारायण कुमार घिमिरे, हरिस बोहरा, सुदर्शनकुमार पौडेल, प्रपुजा केसी, सुजन पौडेल र लिलता केसी विजयी भएका छन्।

सिडेनका जम्मा ३ हजार ६ सय २४ मतदातामध्ये २ हजार ८ जनाले मत हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad