बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको भन्दै भिडियो सन्देश जारी गरेकी छन्।
ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, ‘पछिल्ला १०/१२ दिनदेखि म संवेगात्मक र मानसिक तनाव झेलिरहेकी छु। मलाई बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन्।’
सन्देशमा उनले किसान आन्दोलनको कुरा पनि गरेकी छन्। यसबारे आफूलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गरेकी छन्।
यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नाम लिएकी छन्।
सुन्नुहोस्, कंगनाको भिडियो सन्देश
Here’s the video I promised, watch when you can 🙏 pic.twitter.com/0YZxfQfwB2
— Kangana Ranaut (@KanganaTeam) December 19, 2020

प्रतिक्रिया