राजनीति


देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल

देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल

नेपालखबर
पुस ४, २०७७ शनिबार १०:१६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो।

स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक अध्यादेश लगायतको विषयमा छलफल भइरहेको स्रोतले जनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad