ad ad

राजनीति


राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा राप्रपाद्वारा ललितपुरमा प्रदर्शन

राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा राप्रपाद्वारा ललितपुरमा प्रदर्शन

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ११:५५,

राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार ललितपुरमा प्रदर्शन गरेको छ।

कुपोन्डोलबाट शुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो।

 महँगी, बेरोजगारी समस्या, भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, संगठित र योजनाबद्ध धर्म परिवर्तनमा सरकारको असफलता र उदासीनताको विरोधमा र हिन्दूराष्ट्र, राजसंस्थाको पक्षमा राप्रपाले प्रदर्शन गरेको सो पार्टीका केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिका सदस्य नेता श्याम तिमल्सिनाले बताए।

No description available.

राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका क्रममा ‘जनता आऊ, राजा ल्याऊँ, देश बचाऔं’, ‘सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरौं’, ‘धर्म संस्कृति मास्न पाइदैन’, ‘जनताको परिवर्तनको चाहनालाई स्वीकार गर’ लगायतका नारा लगाउँदै जुलुसले हर परिक्रमा गरेको थियो।

लगनखेलमा आयोजितसभालाई सम्बोधन गर्दै राप्रपा नेताहरूले जनताको स्वतःस्फूर्त प्रदर्शनलाई लाञ्छना लगाउने, कमजोर साबित गर्न खोज्ने तत्वलाई जनताले पराजित गरिछाड्ने बताए।

नेता तिमल्सिनाले नेपाल यतिखेर परिवर्तनको संघारमा रहेको, जनतामा परिवर्तनको तीव्र चाहना देखिएको र राप्रपा जनआवाजलाई संश्लेषण गरेर अघि बढिरहेको बताए।

No description available.

उनले जनताको तागतका अगाडि संसारका ठूला–ठूला शक्ति पनि निरीह भएको उदाहरण दिँदै नेपाली जनताको तागतलाई कमजोर नठान्न सरकार, सत्तासीन दल र गणतन्त्र पक्षधर शक्तिलाई आग्रह गरेका छन्।

नेता रोशनी कार्कीले संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको पहिचान र राष्ट्रियता संकटमा पर्दै गएको र यो धर्म निरपेक्षताकै दुष्परिणाम भएकाले नेपाली जनता जागरुक भइ ‘कोर्स करेक्सन’को दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन्।

अर्का केन्द्रीय सदस्य निरञ्जन विक्रम थापाले राजसंस्थाको पक्षमा हाल देशभर भइरहेको प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता देखिनु सकारात्मक भएको बताउँदै युवाको स्वतःस्फूर्त आवाजलाई बेलैमा सम्बोधन गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .