नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन्।
पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकी स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणालीमा लैजाने रहेको बताएका छन्। नेकपा स्थाायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको छ।
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र्र पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रुपमा आएको बताए।
उनले भने, ‘सबैले पार्टी एकताा जोगिनुपर्छ, पार्टीलाई विधि, पद्धति र प्रणाालीमा लैजानुपर्छ। लोकतान्त्रिक मूल्य मान्यता अनुरुप संविधानमा व्यक्त भएका प्रणालीलाई संस्थागत गरिनुपर्छ। तिनलाई कमजोर हुन दिनु हुँदैन। हामीले लेखेको संविधानलाई कहिँ कसैले कतै दुरुपयोेग गर्नु हुँदैन। लोकतान्त्रिक प्रणालीलाई पार्टी भित्र र बाहिर, आम राज्यमा ढिक ढंगले लागु गर्नुपर्छ भन्नेकुरा ठिक ढंगले उठ्यो।’
आगामी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले प्र्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्र्नेमा केन्द्रित हुनुपर्ने उनको जोड छ।
‘अध्यक्षद्धयले संंस्थागत रुपमा ल्याएकोे डकुमेन्ट भएकोले त्यही रुपमा ग्रहण गर्ने र त्यसलाई औपचारिक रुपमा छलफल गरी दुवैलाई सम्पतिको रुपमा ग्रहण गर्दै तेस्रो विकल्पमा पनि जान सक्छौँ। छलफल चाहिँ टुंगो लगाईने गरी हुनुपर्छ र हुन्छ।’
स्थायी कमिटीले विवाद समाधानमा पहलकदमी लिनेतर्फ अघि बढेको उनकोे भनाई छ। ‘सचिवालयमा समाधान हुन नसकेको विषय स्थायी कमिटीमा आएपछि हल हुने दिशातिर गयो। स्थायी कमिटी सदस्यले मेहनत गर्नुभयो। एकतालाई जोगाउनुपर्छ भनेर पहल गरेको हुँदाखेरी परिस्थिति प्रतिकुल हुनबाट रोकिएर हल हुने दिशातिर गएका छन्’ नेता पौडेलको भनाई छ।
स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भएपनि समस्या समाधान गरेरै छाड्नुपर्ने बताएका छन्। फुटपरस्त गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाई छ।
नेता शाहले भने, ‘पार्टीलाई फुट्न दिनुहुन्न। पार्टीलाई सुदृढ बनाउनको निम्ति अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटीका सदस्यले भुमिका खेल्नुपर्र्छ। यो पक्ष र त्यो पक्षमा पार्टीलाई विघटन गर्ने, फुट ल्याउने कुनैपनि गतिविधिलाई हामिले परास्त गर्नुपर्छ। पार्टी भित्रको समस्यालाई वार्ता सम्वादबाट समाधान गर्नुपर्छ। दुई अध्यक्षले मात्रै समस्याको समाधान गर्न सक्दैनन्। त्यसैले बैठकबाटै सबै समस्याको समाधान निकाल्नुपर्छ।’
पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापुर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उनको तर्क छ।
‘निकास भनेको हामीले गरेका सहमति, समझदारी र निर्णयहरुको इमान्दारीतापुर्वक कार्यान्वयन नै हो। अन्तरपार्टी निर्देशनको निर्णय कार्यान्वयन हुन सकेको छैन। एकले मुख्य रुपमा सरकार चलाउने र अर्कोले पार्टी चलाउने साथै महत्वपूर्ण निर्णयमा अध्यक्षद्वय र सचिवालय सदस्य लगायत छलफल, सर–सल्लाह गर्ने मूल सहमति हो। अब पार्टीको विशेष महाधिवेशन गरेर निर्वाचन मार्फत नै पार्टीको नेतृत्व चयन गर्ने दिशातर्फ अघि बढ्नुपर्छ। विधान अनुरुप नेतृत्वको निर्माण गर्नुपर्छ’ नेता शाहको भनाई छ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेपनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताइन्। प्रतिवेदन माथि छलफल गरिने र आगामी बैठक पछि निचोड निकाल्ने उनको भनाई छ।
प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले भनिन्, ‘उहाँले जे जे भन्नुभएको भएपनि प्रतिवेदन माथि छलफल चल्नैपर्छ। पार्टी विधि र विचार शून्य भएको छ। निष्कर्षमा पुर्याउनुपर्छ। प्रधानमन्त्री ओली छलफलबाट भाग्न पाउनुहुन्न।’
आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाई छ।
नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ।

प्रतिक्रिया