राजनीति


मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता गर्ने विषयमा चर्चै भएन

मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता गर्ने विषयमा चर्चै भएन

नेपालखबर
पुस २, २०७७ बिहिबार १४:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति गरेपनि बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा यो विषयमा छलफल भएन।

संवैधानिक परिषद अध्यादेश फिर्ता लिने सहमति भएपछि बिहीबारको मन्त्रिपरिषद बैठकमा त्यस विषयमा चर्चासमेत नभएको बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषाद बैठकमा सो विषय ननिस्केको एक मन्त्रीले बताए।

‘ल्याउने समयमा पनि हामीलाई कुनै जानकारी र छलफल गर्नु भएको थिएन। फिर्ता हुने विषयमा पनि केही छलफल भएको छैन’ एक मन्त्रीले भने।

मंगलबारको मन्त्रिपरिषद बैठकमा पनि अध्यादेशको विषयमा छलफल भएको थिएन। तर राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषदको गणपुरक संख्याको परिमार्जनसहितको विषयलाई परिवर्तन गर्दै अध्यादेश जारी गरिएको थियो। सो अध्यादेशको पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएको थियो।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र अध्यादेशविरुद्ध छलफल गर्नका लागि विशेष अधिवेशन नबोलाउने सहमति भएको थियो।

यो पनि :

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक

साँझ ६ बजे मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ताको निर्णय हुनसक्ने

अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै ओलीले डाके संवैधानिक परिषद्, नेताहरुबीच बढ्यो यस्तो संशय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad