राजनीति


स्वीट्जरल्यान्ड र भियतनामले मुद्रा हेरफेर गरेको अमेरिकाको आरोप

स्वीट्जरल्यान्ड र भियतनामले मुद्रा हेरफेर गरेको अमेरिकाको आरोप

नेपालखबर
पुस १, २०७७ बुधबार १४:५८,

स्वीट्जरल्यान्ड र भियतनामले मुद्रा हेरफेर गरेको आरोप अमेरिकाले लगाएको छ।

यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले बुधबार अन्य तीन मुलुकलाई शंकास्पदको सूचीमा चढाएको छ।

ती मुलुकले डलरको तुलनामा आफ्नो मुद्रालाई अवमूल्यन गरेको अमेरिकाको आरोप छ।

भुक्तानीको सन्तुलन बिगार्न स्वीट्जरल्यान्ड र भियतनामले मौद्रिक बजारमा हस्तक्षेप गरेको अमेरिकाले बताएको छ।

महामारीका बीच व्यापारमा अमेरिकाको घाटा बढ्दै जाँदा डोनाल्ड ट्रम्पको प्रशासनले यो कदम चालेको हो।

अमेरिकासँगको द्विपक्षीय व्यापारमा २० अर्ब डलरभन्दा बढी नाफा गर्नेसहितका मापदण्ड पुरा गरेका मुलुकलाई अमेरिकाले मुद्रा हेरफेरकर्ताको आरोप लगाउने गर्छ।

यसवर्ष अमेरिकाले ताइवान, थाइल्यान्ड र भारतलाई पनि निगरानी सूचीमा राखेको छ। यसअघि नै सो सूचीमा चीन, जापान, कोरिया, जर्मनी, इटली, सिंगापुर र मलेसिया छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad