सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
बुधबार बिहान प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेले खुमलटार पुगेको र केहीबेर कुराकानी गरेर फर्किएको स्रोतले जनायो।
‘अध्यक्ष प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेल बुधबार बिहान खुमलटार आउनुभएको थियो’, स्रोतले भन्यो, ‘उहाँहरुबीच के के कुराकानी भयो भन्ने बारेमा केही बताइएको छैन।’
पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ।
याे पनि : पहिलो अध्यादेशले राजनीतिक पुँजी खोस्यो, दोस्रोले ओलीलाई एक्ल्याउँदैछ
आज दिउँसो बोलाइएको स्थायी समिति बैठकअघि भएको भेटलाई चाँसोका साथ हेरिएको छ।
यसअघि मंगलबार अध्यादेश ल्याएलगत्तै संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रधानमन्त्री ओलीको सन्देश लिएर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले मंगलबार नै सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरिसकेका छन्।
आज बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकमा समेत यो विषयमा उठ्ने उनीहरुले बताएका छन्। त्यसैगरी बैठकले अध्यादेश फिर्ता लिन निर्देशन दिनेसमेत बताइएको छ।
याे पनि : अध्यादेशसँगै ओलीलाई दुवै पदबाट फिर्ता बोलाउने बाटो खुल्यो: नेकपा नेता

प्रतिक्रिया