राजनीति


हठात् र नियोजित रुपमा अध्यादेश ल्याइयो : प्रचण्ड

हठात् र नियोजित रुपमा अध्यादेश ल्याइयो : प्रचण्ड

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १५:२४,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ल्याइएको अध्यादेशप्रति कडा आपत्ति जनाउँदै खारेज हुनुपर्ने बताएका छन्। 

मंगलबार साँझ बिबिसी नेपाली सेवासँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कदम गलत भएको पनि बताए।

‘प्रधानमन्त्री केपी ओलीजीको कदम गलत भयो। पार्टीलाई छलेर जसरी अध्यादेश ल्याइएको छ, यसले लोकतन्त्रको उपहास गरेको छ’ प्रचण्डले भने, ‘यसले संसदको पनि अपमान भएको छ। संसद अधिवेशन १७-१८ (पुष) भित्र बसिसक्नुपर्नेछ अहिलेनै एउटा डिजाइनमा अध्यादेश ल्याएर संसदको अपमान गर्ने र संसदलाइ मिनिमाइज्ड गर्ने काम गर्‍यो।’

उनले यसैपनि संसद अधिवेशन हुनैपर्ने बताए।

‘तीन वर्षदेखि रोकिएका कुरा हठात र नियोजित रुपमा ल्याइएको छ, यो खारेज हुनुपर्छ’, प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad