राजनीति


जनार्दनको प्रश्न : फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन?

जनार्दनको प्रश्न : फेरि अध्यादेश ! सत्ता  स्वार्थको परकाष्ठा किन?

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १०:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्माले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न माग गरेका छन्।

सरकारले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो आग्रह गरेका हुन्।

छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने उनको भनाइ छ। उनले यसलाई सत्ता स्वार्थको पराकाष्ट भएको बताएका छन्।

 उनले हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता गर्न माग समेत गरेका छन्।

‘फेरि अध्यादेश! सत्ता स्वार्थको परकाष्ठा किन? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको साहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन। हतास मनस्थिति बाट मुक्त होऔँ! अध्यादेश फिर्ता गर’, सामाजिक सञ्जाल ट्विटरमा नेता शर्माले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad