भारतको संसदीय व्यवस्थामन्त्री प्रल्हाद जोशीले कोभिडको महामारीको कारण यस वर्षको हिउँदे अधिवेशन नहुने बताएका हुन्।
जोशीले सबै दलहरुले कोभिडको महामारीको कारण संसद बैठक नराख्न सहमति देखिएपछि अधिवेशन नहुने बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।
जोशीले जनवरी महिनामा एकै पटक बजेट अधिवेशन हुने जनाएका छन्।
तर विपक्षी दल कांग्रेसले भने हिउँदे अधिवेशन नराख्ने विषयमा कुनै परामर्श नभएको बताएको छ।
लोकसभामा विपक्षी दलका नेता अधीररञ्जन चौधरीले विवादास्पत कृषि कानुन बारेमा छलफल गर्न हिउँदे अधिवेशन राख्नु पर्ने माग गर्दै पत्र लेखेपछि मन्त्री जोशीले जवाफ दिँदै अधिवेशन नहुने बताएका हुन्।
मन्त्री जोशीले बैठक राख्ने विषयमा दलहरुसँग छलफल भएको तर सहमति नजुटेको बताए।
3
Shares
प्रतिक्रिया