कारोबार


हुवावे आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ११ मा हुने, विजेताले के पाउँछन्?

हुवावे आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ११ मा हुने, विजेताले के पाउँछन्?

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ८:३,

हुवावे आईसीटी अवार्ड २०२० आगामी डिसेम्बर २६ अर्थात् पुस ११ गते हुने भएको छ।

होटल सोल्टीमा हुने कार्यक्रममा प्रतिस्पर्धीहरु र सीमित संख्यामा अतिथि उपस्थित हुनेछन् भने कोभिड १९ विरुद्धको सुरक्षा सतर्कतामा उच्च ध्यान दिइने आयोजकले जनाएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण विभिन्न माध्यमबाट हुनेछ।

यो कार्यक्रमलाई हुवावेले स्पोन्सर गरेको छ भने धेरै सूचना प्रविधि क्षेत्रका संस्था र व्यवसायको सहकार्य रहेको छ। फोनपेको सहयोग र नेपाल टेलिकम तथा जेनेसी सोलुसनको सहकार्यमा कार्यक्रम हुनलागेको हो।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको पनि विशेष सहयोग रहेको छ। कार्यक्रममा ११ विधामा उत्कृष्टलाई पुरस्कृत गरिनेछ। यसका लागि ३५० आवेदन परेको लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले बताए।

हुवावे आईसीटी अवार्ड २०२० मा १४ सदस्यीय जुरी कमिटी छन् भने १४ सदस्यीय विशेष सल्लाहकार समिति रहेको छ। गत भदौको अन्त्यतिरको यसको छनोट प्रक्रिया सुरु भएको थियो। यो वर्ष भर्चुअल रुपमा कार्यक्रम हुनलागेको हो। जुरी कोअर्डिनेटर सुशील पोखरेलले छनोट प्रक्रियामा २५ वटा भर्चुअल बैठक गरिएको बताए। छनोट प्रक्रिया एकदमै पारदर्शी रहेको उनको भनाइ छ।

उक्त विधामध्ये स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड, एनसेल इन्नोभेसन आईसीटी अवार्ड मुख्य ५ विधा छन्। त्यस्तै डिजिटल एजुकेसन एन्ड डिजिटल गभर्नेन्स आईसीटी अवार्ड अन्तर्गत मुख्य तीनको यसअघि नै घोषणा गरिसकिएको छ। पायोनियर आईसीटी अवार्ड, आन्ट्रप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड फाइनल प्रोग्राममा घोषणा गरिने आयोजकले जनाएको छ।

एनसेल, राष्ट्रिय वाणिज्य बैंक, इसेवा, नास्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेस स्कुल, नीमा एकेडेमी, एमिनेन्स वेज, डिशहोम, टीडीओ नेपाल र अन्य संघसंस्थाले हुवावे आईसीटी अवार्ड २०२० को आयोजना गरेका हुन्।

विजेताले के पाउँछन्?
विजेताहरुले नेपालमै सम्मानित र ठूलो अवार्ड पाउनेछन्। यसलाई सूचना प्रविधिको क्षेत्रकै विशेष अवार्ड मानिन्छ। स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डका विजेताले सरकारको स्टार्टअप कोषबाट ५० लाखसम्मको सहुलियत ऋण पाउनसक्नेछन्।

त्यस्तै बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्मको नरम प्रकृतिको सहुलियतपूर्ण ऋण पाउन सक्नेछन्। यस्तै इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड विजेताले एनसेलबाट विशेष नगद पुरस्कार पाउनेछन्।

यस्तै नेपाल टेलिकमले एक वर्षका लागि सबै विजेतालाई फाइबर टु होम सेवा उपलब्ध गराउनेछ। जेनेसी सोलुसनले अमेजन क्लाउड सर्भिस उत्कृष्ट पाँच स्टार्टअप र अवार्ड विजेतालाई उपलब्ध गराउनेछ भने इसेवाले २५ हजार रुपैयाँको निःशुल्क सहयोग आफ्नो व्यावसायिक एकता र प्रवद्र्धनका लागि चार विधामा उपलब्ध गराउनेछ।

साइबर सेक्युरिटी पार्टनर एमिनेन्स वेजले साइबर सुरक्षामा आवश्यक सहयोग प्याकेज उपलब्ध गराउनेछ। यसबाहेक विजेताले अन्य सेवा र सुविधा पनि पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad