राजनीति


सांसदलाई तालिम दिँदै संसद् सचिवालय

सांसदलाई तालिम दिँदै संसद् सचिवालय

नेपालखबर
असार १३, २०८३ शनिबार २१:५३, काठमाडौँ

प्रतिनिधि सभाका सदस्यलाई संघीय संसद् सचिवालयले तालिम दिने भएको छ। 

संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई दुई दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबराम बस्यालले जारी गरेको सूचनामा असार १५ र १६ गते सांसदलाई तालिम दिन लागिएको उल्लेख छ। 

पहिलो दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइनेछ। दोस्रो बिहान ११ बजेदेखि अपराह्न साढे ३ बजेसम्म तालिम दिने कार्यक्रम रहेको छ। 

यसलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad