राजनीति


सरकारविरूद्धकाे प्रदर्शनमा उत्रिँदै कांग्रेसका चर्चित नेताहरु, को कहाँ सहभागी हुँदै छन्?

सरकारविरूद्धकाे प्रदर्शनमा उत्रिँदै कांग्रेसका चर्चित नेताहरु, को कहाँ सहभागी हुँदै छन्?

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ५:५९,

नेपाली कांग्रेसले आज देशव्यापी गर्न लागेको सरकारविरुद्धको प्रदर्शनमा चर्चित नेताहरू सहभागी हुने भएका छन्।

विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवासहित युवा नेता गगन थापासम्म फिल्डमा खटिएका हुन्।

सभापति देउवाले मकवानपुरको हेटौंडामा हुने विशेष सभालाई सम्बोधन गर्दै छन्। युवा नेता गगन थापा पनि कैलालीको धनगढीमा हनुे सभालाई सम्बोधन गर्न आइतबार नै धनगढी पुगिसकेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंमा खटिएका छन् भने उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्।

त्यस्तै, महामन्त्री डा शशांक कोइराला मोरङमा हुने बृहत् सभामा सहभागी हुँदै छन्। सहमहामन्त्री डा. प्रकाशशण महत झापाको प्रदर्शनमा सामेल हुने कार्यक्रम छ।

अर्का सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको सभालाई सम्बोधन गर्दै छन्।

पूर्वउपभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोकको सभालाई सम्बोधन गर्न धुलिखेलतर्फ लागेका छन् भने पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी कास्कीको सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन्।

केन्द्रीय सदस्य डाक्टर रामशरण महत चितवनको सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन् भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीको सभालाई सम्बोधन गर्दै छन्।

अर्का युवा नेता प्रदीप पौडेलले कञ्चनपुरमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै सम्बोधन गर्दैछन्।

केन्द्रीय सदस्य एनपी साउदले अछाममा सम्बोधन गर्दै छन् भने धनराज गुरुङ गृहजिल्ला स्याङजामै सहभागी हुनलागेका छन्।

युवा नेता गुरुराज घिमिरेले खोटाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने अर्का युवा नेता कल्याण गुरुङले नवलपरासीमा सम्बोधन गर्दै छन्।

महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर देशभरका कार्यक्रमको जानकारी लिने तथा समन्वय गर्ने भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad