तर, उनले त्यहाँ अंगरक्षले दिएको केक खान अस्वीकार गरे। ती अंगरक्षकको नाम जग्गी भएको बताइएको छ।
सलमानले केक खानलाई अस्वीकार गरेको भिडियो यतिबेला भाइरल बनेको छ।
भिडियोमा सलमानले केक नखाई पनि ‘धेरै मिठो’ भनेको सुन्न सकिन्छ।
उनले जग्गीलाई ‘ह्याप्पी बर्थ डे टु यु’ भनेको पनि सुन्न सकिन्छ।
तर उनले केक नखाएको विषयमा भने मानिसहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
(भिडियो)
सौरभ नामको इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका छन्,‘सलमान हरिण मारेर खान्छन् तर केक खाँदैनन्।’ यसअघि सलमानले दुर्लभ हरिण मारेको भन्दै कानुनी कारवाही भोग्नु परेको थियो।
यस्तै अर्का इन्स्टा प्रयोगकर्ता क्विनस्ले लेख्छिन्,‘सलमानको एटिट्युड धेरै भयो, मायाले ख्वाएको केक खाएको भएपनि हुन्थ्यो।’
अन्य मानिसहरुले भने सलमान स्वास्थ्यप्रति धेरै सचेत भएकाले केक नखाएको बताइरहेका छन्।
Shares

प्रतिक्रिया