कारोबार


प्रभु लाइफको ६० करोड बराबरको आईपीओ बिक्री खुल्ला

प्रभु लाइफको ६० करोड बराबरको आईपीओ बिक्री खुल्ला

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ५:५७,

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि, जारी पुँजीको ५ प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर आजदेखि बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ।

सर्वसाधारणले कम्तीमा १० कित्तादेखि बढीमा ५ हजार कित्तासम्मको लागि दरखास्त दिन पाउने कम्पनीले जनाएको छ। सिद्धार्थ क्यापिटलले यसको निष्काशन तथा बिक्री प्रबन्ध गर्नेछ। पुस २ गते (छिटो)मा र ढिलोमा पुस १३ गते सेयर निष्काशन बन्द हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad