काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते काठमाडौँमा बसने भएको छ।
शनिबार बसेको अध्यक्ष त्रयको बैठकले पुस ४ गते काठमाडौँमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए।
‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पुस ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ।’
321
Shares

प्रतिक्रिया