झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन्।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ४५ किलोमिटर नहर निर्माण भइसकेको छ। तर, पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतीहरु समान गर्नुपरेको छ। नहरको पुलमा लगाएका ¥यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौती समाना गर्नुपरेको छ।
सिक्टा सिंचाइ आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहरभित्र बनाइएका स्याल्यापहरु माटोमा भाँसिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताए।
सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ। यस्तै जंगलको बाटो भएकै कारणले पानी खेतसम्म पु¥याउनै गाह्रो भएको थियो। तर, पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताए।
सिक्टा सिँचाइको ठूलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवास्थित रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पु¥याउन थप जटिल देखिएको छ। सिक्टा सिँचाइ अयोजना बाँकेको पहलमा काम भइराखे पनि स्थानीय निकायहरु भने मौन देखिन्छन्।
Shares

प्रतिक्रिया