समाज


जब बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किए !

जब बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किए !

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १३:१८,

यदि परिवारका कुनै सदस्यको बिहान अन्तिम संस्कार गरिन्छ र साँझ ऊ जीवितै घर फर्किन्छ भने त्यो घरका मान्छेको अवस्था कस्तो होला? हो, यस्तै एक आश्चर्यजनक घटना भारतको मध्य प्रदेशको शियोपुरमा भएको छ। जहाँ अन्तिम संस्कार गरेको केही घण्टामै परिवारका सदस्य जीवितै फर्किएका छन्।

बिहान अन्तिम संस्कार गरिएको व्यक्ति साँझ जीवितै घरमा फर्कँदा परिवार र प्रहरी दुवै तर्फको होस उड्यो। जब ती व्यक्तिबारे सत्य कुरा थाहा भयो त्यो सुनेर प्रहरी र परिवार चकित समेत भए।

यो घटना मध्य प्रदेशको शियोपुर, बडोदाको माताजी सडकको हो। प्रहरीले बिहीबार साँझ ७ बजे अज्ञात व्यक्तिको शव मसानघाट नजिकैको पुलको गेटमा भेट्टायो। प्रहरीले मृतक व्यक्तिको पहिचानका लागि सामाजिक सञ्जालमा उक्त शवको फोटो राख्यो। मृतकका आफन्तहरुले पहिचान गरुन भनेर शवको फोटो सामाजिक सञ्जालमा राखेको प्रहरीले जनाएको छ।

फोटो बिहीबारदेखि नै सामाजिक सञ्जालमा भाइरल बन्यो। शुक्रबार बिहान उक्त  फोटो हेरेपछि बडोदाका बन्टी शर्माले मृतक आफ्नो भाइ भएको दाबी गरे।  उनले उक्त तस्बिर आफ्ना भाइ दिलीप शुक्लाको भएको र उनी ४/५ दिनदेखि हराइरहेको बताए। शर्माले भाइ दिलीप मानसिक रुपमा कमजोर रहेको समेत प्रहरीलाई जानकारी दिए। 

त्यसपछि पोस्टमार्टम गरियो र शर्माले शव बुझे। प्रहरीले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्‍यो। दिलीपको शव लगिसकेपछि शुक्रबार बिहान नै उनको दाहसंस्कार गरियो। तर, साँझ ८ बजे दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए।

मर्यो भनेर अन्तिम संस्कार गरिसकेको व्यक्तिलाई जीवित देखेपछि बन्टीले घरको शोकाकुल वातावरण हर्षमा परिणत भयो। भाइ फर्केको खुसी ती एकातिर भएको अर्कौतर्फ अज्ञात व्यक्तिालाई भाइ भनि अन्तिम संसकार गरेकोमा प्रहरी कारबाहमिा परिने हो कि भन्ने डर पनि सँगसँगै रह्यो। त्यही कारण उनीहरु यसबारे मौन बस्न चाहे। बन्टीको परिवारले फोटो र प्रहरीले खुलाएको हुलियाको आधारमा मात्रै दिलीप भनेर पहिचान गर्नु गल्ती भएको बताए।

प्रहरीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै ती अज्ञात मृत व्यक्तिको फोटोको साहाराले उनको आफन्त खोज्न थाल्यो।

खोजीकै क्रममा उक्त शव भेला भीमलत गाउँका रामकुमार आदिवासीको भएको खुलेको छ। उनको परिवार पहिचानका लागि प्रहरीकोमा पुगेको छ। प्रहरीले उक्त परिवारलाई अस्तुधातु दिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad