राजनीति


‘पहिले सञ्चो-बिसञ्चो सोध्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्छन्’

‘पहिले सञ्चो-बिसञ्चो सोध्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्छन्’

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ०:४८,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने र झगडाको पछि नलाग्न कार्यकर्तालाई उनले अनुरोध गरे।

आम कार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको सामधान स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए। उनले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राखे।

पार्टी गहिरो सङ्कटमा रहेको बताउँदै उनले यस सङ्कटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गरे। नेतृत्वबाट सिर्जित समस्या आफैँले नै समाधान गर्नुपर्ने धारणा उनको थियो। पहिला पार्टी अलग-अलग हुँदा एकता भइसकेको जस्तो देखिए पनि अहिले पार्टी एकता भएपछि मन विभाजित जस्तो देखिनु राम्रो नभएको उनले बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पहिले पार्टीका कार्यकर्ताको भेटमा सञ्चोबिसञ्चो सोध्ने गर्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्ने गरेको बताए।

उनले पार्टीलाई माया गर्नेहरु सङ्कटले गर्दा डाँको छाडेर रोएको बताउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने बताए। उनले पार्टीमा देखिएका समस्या बैठकबाट हल गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले नेकपा पार्टी एकतालाई थप बलियो बनाउन आवश्यक रहेको बताए। उनले पार्टी बलियो हुँदा देश र जनताको हितमा काम हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad