बैतडीको सुर्नया गाउँपालिकाको-५ मडकी २१ वर्षीया गिता विकले अनौठो शिशु (छोरा)लाई जन्म दिएकी छन्।
विकले मलद्धार, नाक र ओठ नभएको अनौठो शिशुलाई जन्म दिएकी हुन्। यो उनको पहिलो सन्तान हो।
सुर्नया गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख रामसिंह महराका अनुसार ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था भने सामान्य छ। बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्लाहरु पलाएका छन्।
ओठ नभएकाले शिशुले दुध चुस्न सकेको छैन। शिशुलाई चम्चाले दुध खुवाउने गरेको विकले बताइन्। शिशुलाई स्वास्थ्य चौकीले उपचारका लागि धनगढी रेफर गरेको थियो। तर, आर्थिक अभावका कारण अभिभावकले शिशुको उपचार गर्न सकेका छैनन्।

प्रतिक्रिया