छापा खबर


आफ्नै ढिलाइले भारतबाट महँगोमा बिजुली किन्दै प्राधिकरण

आफ्नै ढिलाइले भारतबाट महँगोमा बिजुली किन्दै प्राधिकरण

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ०:३३,

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना बनाएको छ।

यसमध्ये ३५० मेगावाट ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ल्याउने गरी सम्झौता गरिसकेको छ।

हालै भारतबाट बिजुली ल्याउनका लागि नोडेल एजेन्सी तोकिएको एनभीभीएनसँग डिसेम्बरदेखि अप्रिलसम्म सो परिमाणमा ल्याउने सम्झौता गरे पनि ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा तोकिएको परिमाणमा ल्याउन नसकेर महँगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको हो।

हाल ढल्केबरमा १६० एमभीएका दुई ट्रान्सफर्मर मात्र चालू अवस्थामा छन् । यी ट्रान्सफर्मरबाट २७० मेगावाटमात्र बिजुली किन्न सकिन्छ । ३५० मेगावाट बिजुली ढल्केबर–प्रसारण लाइनबाट ल्याउनका लागि निर्माणमा रहेका ३ सय १५ एमभीएका दुई ट्रान्सफर्मरमध्ये एउटा निर्माण हुनैपर्छ।

तर, प्राधिकरण व्यवस्थापनले समयमै निर्णय लिन नसक्दा हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

ढल्केबर–मुजफ्फरपुरबाट सम्झौताअनुसार बिजुली ल्याउन नसके प्राधिकरणले १३२ केभीका अन्य प्रसारण लाइनबाट बिजुली आयात गर्नुपर्ने हुन्छ । विद्युत् प्राधिकरणका अनुसार, ढल्केबरबाट बिजुलीको भाउ हालै ४.३५ भारतीय रुपैयाँबाट सस्तिएर ४.१८ भारतीय अर्थात प्रतियुनिट ६.६८ पैसामा झरेको छ।

सो प्रसारण लाइनबाट बिजुली ल्याउन नसके १३२ केभीको प्रसारण लाइनबाट प्रतियुनिट २ रुपैयाँ बढी ६.१८ भारतीय रुपैयाँ अर्थात ९.८८ नेपाली रुपैयाँमा बिजुली किन्नुपर्छ । चार वर्षअघि सम्पन्न गर्नुपर्ने सवस्टेशनसहित ट्रान्सफर्मरको काम समयमै गर्न नसक्दा प्रति युनिट ३.२० पैसा महँगो तिर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad