ad ad

राजनीति


सर्वदलीय बैठकमा कांग्रेसले भन्यो : सरकारकै कारण राजावादी सडकमा आए

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो : सरकारकै कारण राजावादी सडकमा आए

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ९:१३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण सडकमा असन्तुष्टिका स्वरहरु सुनिन् थालेको बताएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकारका गलत क्रियाकलापका कारण राजवादीहरु हौसिएको बताएको हो।

कांग्रेसले सरकार संविधानको मर्मअनुसार चल्न नसकेका कारण सरकारप्रति असन्तुष्टि बढेको र राजवादीहरु हौसियर सडकमा आएको बताएको हो।

कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताए। ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भने, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’

उनले सरकार सच्चिने हो भने अस्तुष्टिको हल हुने भन्दै त्यसपछि कुनै पनि प्रवृत्ति हावी नहुने बताए। ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण सडकमा असन्तुसिष्ट पोखिएका हुन्, नेता महतले भने, ‘सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन।’

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए।

त्यस्तै बैठकमा राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रलाई छलफलको विषय बनाउन प्रस्ताव गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .