सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए।
उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिएका छन्। यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरेका छन्।
आजै मंगलबार मन्त्री परिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ। रासस/सिन्ह्वा
प्रतिक्रिया