ad ad

राजनीति


नेपालले पहिलोपटक तयार गर्‍यो परराष्ट्र नीतिको एकीकृत दस्तावेज (पूर्णपाठ)

नेपालले पहिलोपटक तयार गर्‍यो परराष्ट्र नीतिको एकीकृत दस्तावेज (पूर्णपाठ)

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १०:५७,

परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज तयार पारेको छ।

सो दस्तावेज परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरेका छन्।

नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेजको खाँचो लामो समयदेखि खट्किरहेको हुँदा त्यसको अभाव पूर्ति गर्नका लागि सो तयार गरिएको मन्त्री ज्ञवालीले बताए। नेपालले पहिलोपटक यस्तो दस्तावेज तयार पारेको मन्त्रालयले जनाएको छ।

‘हामीसँग परराष्ट्र नीति नै नभएको होइन, ती बिभिन्न अंशमा बिभिन्न ढंगबाट छरिएर रहेका थिए, केहि कुरा संविधानले अभिव्यक्त गर्थ्याे केहि कुरा कानुनहरुमा, राष्ट्रिय सुरक्षा नीति तथा अन्य नीतिहरुमा अभिव्यक्त भएका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘वार्षिक बजेट, वार्षिक कार्यक्रमहरुमा पनि ती सार्वजनिक भएका छन् भने प्रधानमन्त्री लगायतबाट बिभिन्न मञ्चमा व्यक्त गरिएका प्रतिबद्धताहरु पनि नीतिको रुपमा रहेका छन्।’

तर पनि एउटै दस्तावेजको रुपमा नभएका कारण त्यसका लागि मन्त्रालयले पहल गरेको उनले बताए।

यसअघि पनि बिभिन्न महत्वपूर्ण राजनीतिक कालखण्ड र परिवर्तनका बेला त्यसका लागि पहलहरु भने भइरहेको थियो।

‘पञ्चायतकालमा बनाइएको राष्ट्रिय मूलनीतिमा सुरक्षा तथा परराष्ट्र नीति समेटिएको, २०४६ पछि पनि एउटा कार्यदल बनाएर परिवर्तित सन्दर्भमा परराष्ट्र नीति कस्तो हुनुपर्छ भनेर प्रतिवेदन दिएको पाइन्छ,’ उनले भने, ‘६२-६३ को परिवर्तनपछि पनि एउटा कार्यदलले यसबारे प्रतिवेदन बुझाएको देखिन्छ भने २०७२ सालमा संविधान जारी भएपछि भनि अर्को कार्यदल बनेर अध्ययन गरेको छ।’

हरेक महत्वपूर्ण राजनीतिक मोडहरुमा देशको परराष्ट्र नीतिबारे अध्ययन गर्दै आए पनि एकीकृत हुन नसकेको मन्त्री ज्ञवालीको भनाइ थियो।

हेरौं परराष्ट्र नीतिको पूर्णपाठ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .